दैलेखमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

डिसी नेपाल
५ असोज २०८३ १६:३२

दैलेख। दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

सोमबार दिउँसो पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.–०२–००१ ह १६५७ नम्बरको अटो भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा अटोमा चालकसहित तीन जना सवार थिए।

दुर्घटनामा गम्भीर घाइते भएका दुल्लु नगरपालिका–२ का ७४ वर्षीय राम कामीको दुल्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते हुनेमा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी रहेका छन्। दुवै जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *