भोटेकोशी बाढी : पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि
जुम्ला। रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिका–४ स्थित लाम्री गाउँका १५ जनाको कुशको शव बनाएर सामूहिक अन्त्येष्टि गरिएको छ।
पातारासी नदीको किनारमा आज उनीहरूको सामूहिक दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो। पातारासीका मात्रै ४९ जना सम्पर्कविहीन भएका छन्। रसुवास्थित हाँकुबेँसी हाइड्रोपावरमा काम गर्दै आएका पातारासीका स्थानीय गत भदौ १० को बाढीमा परी बेपत्ता भएको गाउँपालिका अध्यक्ष बोहोराको भनाइ छ।
बाढी आएको लामो दिन भइसक्दा पनि आफन्तको कुनै खबर परिवारले नपाएपछि अन्ततः शवको प्रतिकका रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरिएको पातारासी स्थानीय रमन बुढाले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार भोटेकोशी नदीमा परी जुम्लाका ९३ जना सम्पर्कविहीन भएकामा हालसम्म ३९ जना मात्र सम्पर्कमा आएका छन्। बाँकी ६३ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment