एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

डिसी नेपाल
७ असोज २०८३ २२:२८

काठमाडौं। नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ।

ललितपुरको भनिमण्डलस्थित रामबाग भवनमा जारी बैठकमा अध्यक्ष ओलीले प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले राखेका धारणा तथा सुझावका सम्बन्धमा स्पष्ट पारेपछि प्रतिवेदन पारित गरिएको हो। बैठकमा पार्टी सचिवालयका सदस्यसहित केन्द्रीय कमिटीका सदस्यले आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव तथा आयोगका अध्यक्षसहित ठूलो संख्यामा केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, रघुजी पन्त, लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेतलगायतले धारणा राखेका थिए।

त्यस्तै, परशुराम बस्नेत, पार्वत गुरुङ, प्रदीप ज्ञवाली, भगवती चौधरी, भीष्म अधिकारी, माधव ढुङ्गेल, राजीव पहारी, राजेन्द्र गौतम, रामकुमारी झाँक्री, सूर्य थापा, सुहाङ नेम्वाङ, महेश बर्तौला, घनश्याम खतिवडा, नवराज शर्मा, राधाकृष्ण कँडेल, नारायण सिलवाललगायत केन्द्रीय सदस्यले पनि बैठकमा धारणा राखेका थिए।

एमाले केन्द्रीय कमिटीको जारी बैठक भोलि दिउँसो १२ः३० बजे भनिमण्डलस्थित रामबाग भवनमा बस्नेछ। त्यसअघि पार्टी केन्द्रीय सचिवालयको बैठक बिहान १० बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *