ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटीमा मनोनीत

डिसी नेपाल
८ असोज २०८३ १६:५७

काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ।

बिहीबार बसेको एमाले सचिवालय बैठकको सिफारिस अनुसार ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको हो। सचिवालयको उक्त निर्णयलाई केन्द्रीय कमिटी बैठकले सर्वसम्मत अनुमोदन गरेको छ।

यसैगरी, सोही बैठकले पूर्वराष्ट्रपति समेत रहेकी पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई एमालेको वरिष्ठ नेता मनोनीत गर्ने निर्णयसमेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *