व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
दीपक भट्टका बुवा चतुर्भुज भट्टले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले बिहीबार विशेष अदालत र प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगायतका विपक्षीका नाममा ३ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
अदालतले निवेदकको मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारण स्पष्ट पारी म्याद प्राप्त भएको मितिले बाटोको म्यादबाहेक तीन दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न भनेको छ।
साथै, सर्वोच्च अदालतमा विचाराधीन रहेका दीपक भट्टसँग सम्बन्धित मुद्दाहरू (०८३-RE-००२१) र (०८३-RE-००२२) अवलोकनका लागि यसै मुद्दासँगै राखी पेस गर्न पनि आदेशमा उल्लेख छ।
विशेष अदालतको आदेशानुसार सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि भट्ट हाल डिल्लीबजार कारागारमा रहेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment