दोभानमा आगलागीबाट १० घर जलेर नष्ट
ताप्लेजुङ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा बिहीबार दिउँसो आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन्। आगलागीबाट १७ घरपरिवार विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आज दिउँसो भएको आगलागीमा लाक्पाचुङ शेर्पा र भीम लिम्बूका दुई–दुईवटा घर जलेर नष्ट भएका छन्।
त्यस्तै चन्द्रप्रसाद पौडेल, यामबहादुर आङबुहाङ, घनश्याम खरेल, राजु शेर्पा, शुक्रवीर लिम्बू र राजेन्द्र पौडेलको एक–एकवटा घर जलेका छन्।
आगलागीका कारण भीम लिम्बूको घरमा बस्दै आएका अनिता विक, सुमन लिम्बू, लाक्पा शेर्पा, आरती लिम्बू र श्याम चोङवाङको धनमालसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए।
आगलागीको कारणसमेत खुल्न सकेको छैन। आगलागी नियन्त्रणमा स्थानीयवासी, सुरक्षाकर्मी तथा उपलब्ध साधनको प्रयोग गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment