पर्वतमा कालीगण्डकीले २५ घर बगायो

डिसी नेपाल
११ असोज २०८३ ११:२५

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको भीषण बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ वटा घर बगेका छन्।

नेपाल प्रहरीका अनुसार आज (आइतबार) बिहान करिब ८ बजे नदीको बहाव एक्कासी बढेर बस्तीतर्फ सोझिएपछि उक्त ठूलो भौतिक क्षति भएको हो।

करिब ८० घरधुरी रहेको उक्त बस्तीका २५ घर बाढीले बगाएको छ भने बाँकी घरहरू पनि उच्च जोखिममा रहेका छन्। बाढीको जोखिम क्षेत्रबाट स्थानीय बासिन्दाहरूलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरिएकाले हालसम्म कुनै मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरी चौकी मिलनचोकबाट करिब ६ किलोमिटर पूर्वमा रहेको घटनास्थलमा प्रहरी टोली तत्काल पुग्न कठिन भएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको र उद्धार कार्य जारी राखिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *