सर्वोच्च अदालतद्वारा रिट खारेज: कर्णालीका प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त
सुर्खेत। कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त भएका छन्। शर्मालाई पदमुक्त गर्ने राजनीतिक दलको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै उनको प्रदेशसभा सदस्य पद गुमेको हो।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शर्मालाई सांसद पदबाट पदमुक्त गर्न कर्णाली प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो।
दलको उक्त निर्णयविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो।
तत्कालीन माओवादी केन्द्रसहितका विभिन्न राजनीतिक दलहरूबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका थिए।
अन्य दलमा लागेको भन्दै नेकपाले उनलाई प्रदेशसभा सदस्य पदबाट हटाउन प्रदेशसभा सचिवालयमा औपचारिक पत्राचार गरेको थियो। अदालतको फैसलापछि उनी आधिकारिक रूपमा पदमुक्त भएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment