‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै

डिसी नेपाल
१३ असोज २०८३ ७:५५

काठमाडाैं। प्रत्येक वर्ष सेप्टेम्बर २९ तारिखका दिन मनाइने विश्व मुटु दिवस आज नेपालसहित विश्वभर विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ।

मुटु रोगबारे जनचेतना अभिवृद्धि गर्ने, नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

विश्व मुटु संगठन  र विश्व स्वास्थ्य संगठनको संयुक्त पहलमा सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो। नेपालमा भने सन् २००० देखि नियमित रूपमा विश्व मुटु दिवस मनाइँदै आइएको छ।

यस वर्ष (२०२६) को विश्व मुटु दिवस “कुनै पनि पल नछुटाउनुहोस्” भन्ने मूल नाराका साथ मनाउन लागिएको हो। यस नाराले मुटु रोगका प्रारम्भिक तथा लुकेका लक्षणहरूलाई समयमै चिन्न, स्वास्थ्यसम्बन्धी कुनै पनि संकेत वा मुटुको धड्कनमा आउने परिवर्तनलाई बेवास्ता नगर्न र नियमित परीक्षणमार्फत मुटुको ख्याल राख्न विशेष सन्देश दिएको छ।

चिकित्सकहरूका अनुसार असन्तुलित खानपान, शारीरिक अभ्यासको कमी, अत्यधिक तनाव, धुम्रपान तथा मद्यपान जस्ता कारणले पछिल्लो समय मुटुसम्बन्धी समस्या तीव्र रूपमा बढिरहेको छ। समयमै रोगको पहिचान र जीवनशैलीमा सुधार गर्न सके मुटु रोगबाट हुने धेरैजसो जटिलताबाट बच्न सकिने विशेषज्ञहरूको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *