सीसीटीभी निगरानी र सडक जाँचबाट २४ घण्टामा ६३६ जना चालक कारबाहीमा
काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ६३६ जना सवारी साधनका चालकलाई कारबाही गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार बिहानसम्म गरिएको जाँचमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७७ जना, सिसीटिभी निगरानीमार्फत ६२ जना र रातोबत्तीको उल्लङ्घन गर्ने २७ जना चालक कारबाहीमा परेका हुन्।
त्यसैगरी, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी हाँक्ने ७९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १५ जना, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) १२ जना, सवारीको यान्त्रिक अवस्था ठिक नभएका १७ जना र एकतर्फी (वान-वे) सडकमा सवारी चलाउने ६ जना चालकलाई कारबाही गरिएको छ। अन्य विविध ट्राफिक नियम उल्लङ्घन गर्ने ६ जना चालकलाई समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
उपत्यकामा घट्न सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न तथा सडक अनुशासन कायम राख्न ट्राफिक प्रहरीले जाँच र कारबाही प्रक्रियालाई तीव्रता दिँदै आएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment