कांग्रेस महाधिवेशनमा उम्मेदवारको मनोनयन सोमबार

डिसी नेपाल
१७ असोज २०८३ १५:२५

काठमाडौं। आइतबार सुरु भइरहेकाे नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार जारी गरेको विज्ञप्तिअनुसार असोज १९ गते सोमबार दिउँसो २ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म काठमाडौंस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका छ।

निर्वाचन समितिका सदस्य-सचिव राजु कडुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।

कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।

मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औं महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सूचित गरेको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *