कांग्रेस १५औं महाधिवेशन: केन्द्रीय कार्यसमितिका पद, समूह र संख्याको पूर्ण सूची
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संशोधित विधान, निर्वाचन निर्देशिका तथा बन्दसत्रबाट स्वीकृत नयाँ व्यवस्थाअनुसार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय कार्यसमितिका विभिन्न पदाधिकारी तथा सदस्य पदहरूको समूहगत संख्या निम्नअनुसार रहेको छ:
पदाधिकारी तथा सदस्य पदहरूको संरचना र संख्या
सभापति: १ (एक) जना
वरिष्ठ उपसभापति: १ (एक) जना
उपसभापति: ४ (चार) जना (१ महिला र १ समावेशीसहित)
महामन्त्री: ३ (तीन) जना (१ महिलासहित)
सह-महामन्त्री: ११ (एघार) जना (खुल्ला २, महिला १, आदिवासी जनजाति १, दलित १, मधेसी १, खस-आर्य १, थारू १, मुस्लिम १, पिछडिएको क्षेत्र १, तथा अपाङ्गता भएका व्यक्ति/अल्पसंख्यक समुदायबाट १ जना)
मनोनित सह-महामन्त्री तथा कोषाध्यक्ष: केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट मनोनित गर्ने १ महिलासहित ४ जना सह-महामन्त्री र १ जना कोषाध्यक्ष
प्रवक्ता तथा सह-प्रवक्ता: सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यहरूबाट मनोनित गर्ने १ जना प्रवक्ता र आवश्यकता अनुसार विषयगत सह-प्रवक्ताहरू
प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्य (खुल्ला): ४५ (पैँतालीस) जना
महिला प्रत्यक्ष निर्वाचित केन्द्रीय सदस्य: १५ (पन्ध्र) जना (केन्द्रीय महाधिवेशन प्रतिनिधि महिलाहरूमध्येबाट)
प्रदेशगत प्रत्यक्ष निर्वाचित सदस्य: २८ (अठ्ठाइस) जना (सातै प्रदेशबाट १ महिलासहित ४/४ जना) र काठमाडौँ उपत्यकाबाट १ महिलासहित २ जना
दलित समूहबाट सदस्य: १४ (चौध) जना (५ महिला र १ मधेसी दलितसहित)
आदिवासी जनजाति समूहबाट सदस्य: २० (बीस) जना (८ महिलासहित)
खस-आर्य समूहबाट सदस्य: १८ (अठार) जना (८ महिलासहित)
मधेसी समूहबाट सदस्य: १३ (तेह्र) जना (५ महिलासहित)
थारू समूहबाट सदस्य: ६ (छ) जना (२ महिलासहित)
मुस्लिम समूहबाट सदस्य: ५ (पाँच) जना (२ महिलासहित)
पिछडिएको क्षेत्रबाट सदस्य: २ (दुई) जना (१ महिलासहित)
अल्पसंख्यक समुदायबाट सदस्य: १ (एक) जना
अपाङ्गता भएका व्यक्तिहरूबाट सदस्य: १ (एक) जना
श्रमिक क्षेत्रबाट सदस्य: ३ (तीन) जना (१ महिलासहित)
पेशागत/विषयगत क्षेत्रबाट सदस्य: ७ (सात) जना (२ महिलासहित)
युवा कोटाबाट सदस्य: २१ (एक्काइस) जना (प्रत्येक प्रदेशबाट १ महिलासहित २ जनाका दरले १४ जना र खुल्ला ७ जना)
नेपाली जनसम्पर्क समितिबाट सदस्य: ७ (सात) जना (२ महिला खुल्ला र तोकिएका क्षेत्रहरूबाट ५ जना)
प्रजातन्त्र सेनानी, सहिद तथा द्वन्द्व प्रभावित परिवारबाट सदस्य: ३ (तीन) जना (सहिद परिवारबाट १ जनासहित)
केन्द्रीय सभापतिबाट मनोनित सदस्य: ६६ (छैसट्ठी) जना
पदेन सदस्य: प्रतिनिधि सभा संसदीय दलको नेता र प्रदेश कार्यसमितिका सभापतिहरू केन्द्रीय कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था।
No ads found for this position



डिसी नेपाल
Facebook Comment