राष्ट्रिय सभागृहमा सुरु भयो कांग्रेसको मनोनयन दर्ता, २४७ पदका लागि नेताहरूको दौडधुप (तस्बिर)
काठमाडाैं। राष्ट्रिय सभागृहमा स्थापित निर्वाचन समितिको कार्यालयमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदका आकांक्षी नेताहरूको बाक्लो उपस्थिति रहेको छ। यसै क्रममा प्रसिद्ध उद्योगी तथा कांग्रेस नेता विनोद चौधरी पनि आफ्नो मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन्।
मनोनयन दर्ताका लागि अपराह्न ४:०० बजेसम्मको समय सीमा निर्धारण गरिएको छ।
सोमबार सम्पन्न महाधिवेशनको बन्दसत्रले परिमार्जित विधान पारित गरेसँगै यसपटक पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याइएको छ। नयाँ वैधानिक व्यवस्थाअनुसार १ वरिष्ठ उपसभापति र १ महिला उपसभापति थप गरी उपसभापतिको संख्या ४ पुर्याइएको छ।
सभागृह परिसरमा उम्मेदवारी दर्ताको गन्तव्य र चुनावी सरगर्मी उत्कर्षमा पुगिरहँदा नजिकैको खुलामञ्चमा भने बन्दसत्र जारी छ। देशभरिबाट चुनिएर आएका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिहरूले २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।













No ads found for this position



डिसी नेपाल
Facebook Comment