विश्वकप फुटबल छनोट: नेपालले आज अस्ट्रेलियाको सामना गर्दै
काठमाडौं। विश्वकप फुटबल छनोट अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल अस्ट्रेलियासँग खेल्दै छ।
खेल बिहीबार दिउँसो अस्ट्रेलियाको राजधानी क्यान्बेरास्थित जियो स्टेडियममा नेपाली समयअुनसार ३ बजे हुँदैछ।
यसअघि नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेलेको थियो। जहाँ नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो। यस्तै चाइनिज ताइपेइसँगको दोस्रो खेलमा भने नेपाल २–० ले विजयी भएको थियो।
नेपाली टिमः
गोलकिपरः किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डरः रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्डः विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
No ads found for this position


डिसी नेपाल
Facebook Comment