कोशी प्रदेशसभाको नवौं अधिवेशन आजदेखि अन्त्य
विराटनगर। कोशी प्रदेशसभाको नवौं अधिवेशन शनिबारबाट अन्त्य गरिएको छ।
कोशीका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौं अधिवेशन अन्त्य गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८३ साल असोज २४ गते शनिबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment