नेकपा एमालेको केन्द्रीय कमिटी विस्तार: १३ जना नयाँ नेता केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको केन्द्रीय कमिटीमा १३ जना नयाँ नेताहरूलाई मनोनीत गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले उहाँहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
एमालेका सचिव महेश बस्नेतका अनुसार बैठकले तेजेन्द्र केसी, मीनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङ्वा, टंक आङबुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डेलाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको हो।
आगामी स्थानीय तहको निर्वाचन तथा पार्टीको संगठन सुदृढीकरण अभियानलाई लक्षित गर्दै एमालेले भूगोल, समावेशिता र योगदानका आधारमा नेताहरूलाई केन्द्रीय कमिटीमा थप गरी जिम्मेवारी विस्तार गरेको जनाएको छ।
मनोनीत नयाँ सदस्यहरूसँगै एमालेले देशव्यापी रूपमा तल्ला कमिटीका अधिवेशन र जनपरिचालनका कार्यक्रमहरूलाई थप तीव्रता दिने रणनीति बनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment