आजको राशिफल: कसको दिन शुभ, कसकोे सतर्कता अपनाउने ?

डिसी नेपाल
२५ असोज २०८३ ६:२०
96
Shares

काठमाडौं । आज २०८३ साल असोज २५ गते आइतवार। आजको दिन तपाईंका लागि कस्तो रहनेछ ? ज्योतिषीय ग्रहोग्रहको अवस्थालाई मध्यनजर गर्दै १२ वटै राशिको फलकथन यहाँ प्रस्तुत गरिएको छ :

  • मेष: दिन सामान्यतया राम्रो रहनेछ। परिवार र साथीभाइको भरपूर सहयोग मिल्नेछ। शिक्षा क्षेत्रमा गरिएको लगानीबाट सन्तोषजनक नतिजा प्राप्त हुनेछ। परिवारसँग बसेर रमाइलो पल बिताउने अवसर जुर्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • वृष: बोल्दा विशेष विवेक र संयम अपनाउनुपर्ने दिन छ। यदि स्वास्थ्य उपचारको क्रममा हुनुहुन्छ भने स्वास्थ्यमा क्रमिक सुधारका संकेत देखिएका छन्। व्यस्तताका बीच सबै कामलाई थाती राखेर परिवारलाई समय दिनुपर्ने अवस्था आउन सक्छ।

  • मिथुन: दिन अनुकूल र फलदायी छ। शिक्षा क्षेत्रमा प्रगतिको योग छ। यदि विदेशमा लगानी गर्नुभएको छ भने त्यसबाट फाइदा लिन सकिनेछ। परिवारसँगको आपसी सम्बन्ध अझै प्रगाढ बन्नेछ।

  • कर्कट: मनमा शान्ति छाउनेछ। सहकर्मीहरूसँग मिलेर गरेको व्यापार-व्यवसायबाट राम्रै फाइदा मिल्नेछ। यद्यपि, विपक्षी समूह सक्रिय हुन सक्ने भएकाले कुनै पनि काम गर्दा विशेष सतर्कता अपनाउनुहोला। परिवारसँग मनोरञ्जन गर्ने अवसर प्राप्त हुनेछ।

  • सिंह: दिन समग्रमा सकारात्मक रहनेछ। शिक्षा क्षेत्रमा भने केही बढी श्रम र मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको घुमघामको अवसरले मन प्रफुल्ल र शान्त बनाउनेछ। धार्मिक भ्रमणको योग हुनुका साथै आम्दानीका स्रोतहरू विश्वसनीय बन्नेछन्।

  • कन्या: आम्दानीमा वृद्धि हुनेछ। स्वास्थ्यमा कुनै समस्या देखिएको भए अब सुधारका संकेत देखा पर्नेछन्। पठनपाठनमा रुचि बढ्नेछ भने प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। गरेको श्रमको उचित मूल्य प्राप्त हुनेछ।

  • तुला: बौद्धिक व्यक्तित्वहरूसँगको भेटघाटले मनमा शान्ति प्रदान गर्नेछ। कृषि तथा फलफूलको व्यापारबाट राम्रो फाइदा लिन सकिने दिन छ। परिवारबाट पूर्ण साथ र सहयोग प्राप्त हुनेछ।

  • वृश्चिक: आज खर्च केही बढ्न सक्छ। बिहान उठेर गणेश भगवानको भजन सुन्न सकेमा दैनिक कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ भने शिक्षा क्षेत्रमा गरेको मिहिनेतको सार्थक फल प्राप्त हुनेछ।

  • धनु: आज रमाइलो यात्राको योग रहेको छ। राज्यको तर्फबाट पनि आवश्यक सहयोग प्राप्त हुनेछ। परिवारको साथ र प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त रहनेछ। परीक्षा दिएकाहरूको नतिजा सकारात्मक आउनेछ।

  • मकर: आज तपाईंका सोचेका अधिकांश कामहरू बन्नेछन्। यद्यपि, राजनीतिक क्षेत्रमा भने केही उतारचढावहरू आउन सक्छन्। महत्त्वपूर्ण समयमा परिवारको न्यानो साथ र सहयोग मिल्नेछ। मिहिनेतको फल हात पर्दा मन प्रसन्न रहनेछ।

  • कुम्भ: सोचेका योजनाहरू सफल हुनेछन्। शिक्षा क्षेत्रमा गरेको मेहनतले सार्थकता पाउनेछ। पारिवारिक मेलमिलाप बढ्नेछ भने साथीभाइको सहकार्यमा गरिएको कामबाट सफलता मिल्ने योग छ।

  • मीन: दिन सामान्य नै रहनेछ। स्वास्थ्यमा केही उतारचढाव वा समस्या देखा पर्न सक्छ, सचेत रहनुहोला। धार्मिक तथा आध्यात्मिक कार्यमा सहभागी भएमा मनमा शान्ति मिल्नेछ। कुनै पनि ठूला काम गर्नुअगाडि अनुभवी व्यक्तिको सल्लाह लिनु बुद्धिमानी हुनेछ। कसैको विश्वास गरिहाल्नुअघि राम्ररी सोच्नुहोला।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *