अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना

डिसी नेपाल
२५ असोज २०८३ १२:२३
4
Shares

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले दशैंको अवसरमा अष्ट्रेलियाली नेपाली समुदायलाई शुभकामना सन्देश जारी गर्दै हालैका बाढीपीडित नेपाली समुदायप्रतिको गहिरो समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् ।

प्रधानमन्त्री अल्बानिजद्वारा जारी सन्देशमा यस वर्षको दशैं साधारण रूपमा नरही नेपाली समुदायका लागि गहिरो शोकको बीचमा आएको उल्लेख गरिएको छ ।

बाढीले ल्याएको विपद्पछि पीडितहरूको दुःखमा अष्ट्रेलियाली सरकार र समुदाय एक्लो नरहेको स्पष्ट पार्दै, पुनरुत्थान र पुनर्निर्माणको आगामी महिनाहरूमा पनि समुदायको साथमा निरन्तर उभिने प्रतिबद्धता जनाइएको छ्।

साथै, आपत्कालीन सहयोगमा जुट्ने दाताहरू र ऐक्यबद्धता जनाउने सम्पूर्ण अष्ट्रेलियाली नागरिकहरूको प्रशंसा गर्दै यो दशैंले नेपाली समुदायलाई आराम, शक्ति र आशिष् ल्याओस् भनी कामना गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *