‘नेपथ्य’ कन्सर्टको भव्य मञ्चमा टीभीएस एनटोर्क १५० को शक्तिशाली अनावरण
काठमाडौं। नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको प्राङ्गणमा आयोजित चर्चित सांगीतिक कार्यक्रम ‘नेपथ्य लाइभ इन कीर्तिपुर’ मा नयाँ ‘टीभीएस एनटोर्क १५०’ स्कुटरको विशेष अनावरण गरेको छ।
संगीतको उत्साह र अत्याधुनिक प्रविधियुक्त स्कुटरको उत्कृष्ट प्रदर्शन क्षमतालाई एकै मञ्चमा प्रस्तुत गर्दै कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरको बिक्री-वितरण औपचारिक रूपमा सुरु गरेको हो।
कार्यक्रममा जगदम्बा मोटर्सका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्र र वरिष्ठ बजारीकरण प्रबन्धक करुणा पुडासैनीले संयुक्त रूपमा स्कुटरको अनावरण गरेका थिए।
लोमान्थाङसम्मको एनटोर्क १५० को साहसिक यात्रालाई समेटिएको विशेष दृश्य-चित्र र आकर्षक प्रविधि-प्रदर्शनसहित सार्वजनिक गरिएको यस स्कुटरको सुरुआती मूल्य रु. ३,६९,९०० तोकिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र मिश्रले नेपाली बजारमा सधैँ नवीनतम प्रविधि र उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने लक्ष्यअनुरूप टीभीएस एनटोर्क १५० ल्याइएको बताए। शक्ति, प्रविधि, सुरक्षा र आकर्षक बनावटको उत्कृष्ट संगमका रूपमा रहेको यो स्कुटरले नेपालमा उच्च प्रदर्शन गर्ने स्कुटरको मापदण्डलाई नयाँ उचाइमा पुर्याउने विश्वास उनले व्यक्त गरे।
त्यस्तै वरिष्ठ बजारीकरण प्रबन्धक करुणा पुडासैनीले दैनिक यात्राभन्दा फरक, अझ रोमाञ्चक र प्रविधिमैत्री अनुभव खोज्ने युवाहरूका लागि यो स्कुटर उत्कृष्ट विकल्प भएको बताए।
शक्तिशाली इन्जिन, फरक-फरक चलाउने शैली, मोडिनबाट जोगाउने प्रविधि तथा आधुनिक ब्रेक प्रणालीले यात्रालाई थप सुरक्षित र आत्मविश्वासपूर्ण बनाउने उनको भनाइ थियो।
चर्चित लोक-रक सांगीतिक समूह नेपथ्यको मुख्य सांगीतिक प्रस्तुति रहेको उक्त कन्सर्टमा टीभीएस एनटोर्क १५० मुख्य प्रायोजकका रूपमा सहभागी भएको थियो। रमाइलो इभेन्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न कार्यक्रमले संगीत, युवा पुस्ताको जीवनशैली र साहसिक यात्राको भावनालाई एकै ठाउँमा जोडेको थियो।
नयाँ टीभीएस एनटोर्क १५० मा १४९.७ सीसी क्षमताको ३-भल्भ इन्जिन जडान गरिएको छ, जसले १३.२ पीएस शक्ति र १४.२ एनएम टर्क उत्पादन गर्छ। यो स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ।
यात्रालाई थप सुरक्षित र सुविधाजनक बनाउन यसमा ट्र्याक्सन कन्ट्रोल, सिंगल च्यानल एबीएस, स्ट्रिट र रेस मोड, हाइब्रिड टीएफटी-एलसीडी स्क्रिन तथा स्मार्ट फोन जोड्न सकिने कनेक्टिभिटी जस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन्।
यो स्कुटर स्टेल्थ सिल्भर (चाँदी रङ), रेसिङ रेड (रातो) र टर्बो ब्लु (नीलो) गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ। देशभर फैलिएको आफ्नो फराकिलो डिलर र मर्मत केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको जगदम्बा मोटर्सले यस नयाँ मोडलमार्फत नेपाली ग्राहकलाई अझ आधुनिक र शक्तिशाली सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment