एमालेको ‘मिसन पार्टी जागरण अभियान’: संगठन सुदृढीकरण र कार्यकर्ता परिचालनमा जोड
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले देशव्यापी रूपमा सञ्चालित ‘मिसन पार्टी जागरण अभियान २०८३’ अन्तर्गत काठमाडौंको कोटेश्वरमा अगुवा कार्यकर्ता भेला तथा विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ।
आइतबार आयोजित उक्त भेलामा स्थानीय नेता, कार्यकर्ता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
पार्टीलाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्यसहित सुरु गरिएको यस जागरण अभियानका क्रममा कोटेश्वर भेलाका वक्ताहरूले गुटबन्दी अन्त्य गर्दै वडा र टोल तहसम्मै संगठन विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा पार्टीको मार्गदर्शक सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई आत्मसात् गर्दै अघि बढाइएको “६-ज” को नीति-जनतामा जाने, जनताका कुरा सुन्ने, लोकप्रिय बन्ने, जनसंगठन परिचालन गर्ने, जबज अध्ययन र आत्मसात् गर्ने तथा सक्षम नेतृत्व तयार गर्ने-विषयमा गहन छलफल भएको थियो।
भेलालाई सम्बोधन गर्दै एमालेका स्थानीय तथा केन्द्रीय नेतृत्वले कार्यकर्तामा रहेको निराशा चिर्दै आगामी निर्वाचनहरूमा पार्टीको जित सुनिश्चित गर्ने बलियो आधार तयार पार्न यो अभियान कोशेढुंगा साबित हुने बताए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment