सुन र चाँदीको मूल्य बढ्यो: छापावाल सुन २ लाख ९६ हजार ५ सय पुग्यो

डिसी नेपाल
२५ असोज २०८३ ११:१३
148
Shares

काठमाडौं। नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार (असोज २५) सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले वृद्धि भएको हो।

मूल्य वृद्धिसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *