कांग्रेस महाधिवेशन: खुला उपसभापतिमा चन्द्र भण्डारी र समावेशीतर्फ विनोद चौधरीको अग्रता
काठमाडौं। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी पदाधिकारी मतगणनामा खुला तथा समावेशी उपसभापति पदमा रोचक प्रतिस्पर्धा देखिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार खुला उपसभापति पदमा चन्द्र भण्डारी र मधु आचार्यले सुरुवाती अग्रता कायम राखेका छन्।
खुलातर्फका २ उपसभापति पदका लागि चुनावी मैदानमा रहेका ७ जना उम्मेदवारमध्ये ६७९ मत प्राप्त गर्दै चन्द्र भण्डारी पहिलो स्थानमा रहेका छन्। उनलाई ३९३ मतका साथ मधु आचार्यले पछ्याइरहेका छन्।
त्यस्तै अन्य उम्मेदवारहरू गोविन्द भट्टराईले ३४५ मत, सुरेन्द्रराज पाण्डेले ३३७ मत, दीपक गिरीले २६४ मत, धनराज गुरुङले २४० मत र प्रा. डा. चन्द्रमोहन यादवले १३८ मत प्राप्त गरेका छन्।
यसैगरी उपसभापति समावेशीतर्फको प्रतिस्पर्धामा उद्योगपति तथा नेता विनोद चौधरीले ३८२ मतसहित आफ्नो अग्रता बनाएका छन्। उनलाई जीवन परियारले ३३० मत ल्याएर निकटतम पछ्याइरहेका छन्।
यस्तै समावेशी उपसभापतिका अन्य आकांक्षीहरू फरमुल्लाह मन्सुरले १९० मत, सीता गुरुङले १७० मत र रञ्जित कर्णले १०७ मत प्राप्त गरेका छन्। सानेपामा कडा सुरक्षा व्यवस्था र सीसी क्यामेराको निगरानीमा बाँकी मतहरूको गणना कार्य अझै जारी रहेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment