आजको राशिफल: ग्रह चाल र १२ वटै राशिको फलादेश

डिसी नेपाल
२६ असोज २०८३ ६:१३
20
Shares
  • मेष: धनलक्ष्मी योग परेको छ। बोली र व्यवहारमा एकरूपता आवश्यक छ। राज्यको सहयोग मिल्नेछ भने स्वदेशको लगानी र परिवारको साथले मन शान्त रहनेछ।

  • वृष: दिन सामान्य छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बने पनि सहकर्मीको साझेदारीले राहत दिनेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै शिक्षा र वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ।

  • मिथुन: स्वास्थ्यमा सुधार र परिवारको साथ प्राप्त हुनेछ। शिक्षा तथा प्राविधिक क्षेत्रमा राम्रो नतिजा हात लाग्नेछ। थोरै बोलेर अगाडि बढेमा सोचेको काम बन्नेछ।

  • कर्कट: दिन सामान्य राम्रो छ तर बोल्दा विशेष ध्यान दिनुपर्नेछ। अढैया शनिको प्रभावले आक्रोश बढ्न सक्ने हुँदा साथीभाइसँग बोल्दा विचार गर्नुहोला।

  • सिंह: दिन राम्रो छ, आम्दानी बढ्नेछ। शिक्षामा गरेको लगानी र स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ भने स्वदेशमै रोजगारीको विकल्प खोज्दा केही मन उदास हुन सक्छ।

  • कन्या: भाग्य स्थानमा चन्द्रमा रहेका छन्। चिसोबाट बच्नुहोला। विपक्षीहरू शान्त रहनेछन् र परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ।

  • तुला: कला र गला प्रदर्शन गर्ने दिन हो। शिक्षामा प्रयास सफल बन्नेछ र संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहे पनि स्वास्थ्यको विशेष ख्याल गर्नुहोला।

  • वृश्चिक: दिन सामान्य राम्रो छ। खर्च बढे पनि र अप्रिय कुरा सुन्न पर्दा मन अशान्त भए पनि स्वास्थ्यमा भने सुधारका संकेत देखिएका छन्।

  • धनु: दिन राम्रो छ। स्वदेशमै सेवा र समाजसेवामा समय बित्नेछ। स्वास्थ्यमा सुधार आए पनि बाहिरको वा मिठो खानेकुराको पछाडि लाग्दा स्वास्थ्य बिग्रन सक्छ, सचेत रहनुहोला।

  • मकर: साथीको सहयोग र सहकार्यको लगानीबाट फाइदा हुनेछ। शिक्षामा नतिजा तपाईंको पक्षमा रहनेछ भने धार्मिक कार्यमा सहभागी भएमा दिन अझै सहज बन्नेछ।

  • कुम्भ: धार्मिक व्यक्तिको भेटले मन शान्त रहनेछ। महत्त्वपूर्ण निर्णय गर्दा साथीसँग सल्लाह गर्नु राम्रो हुन्छ। शास्त्र अध्ययन गरेर समय बिताएमा दिन सहज बन्नेछ।

  • मीन: समय सामान्य छ। बोली र व्यवहारमा एकरूपता नभएमा आफन्त टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ, त्यसैले सचेत भएर अगाडि बढ्नुहोला।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *