दिल्ली पुगे गृहमन्त्री सुधन गुरुङ

डिसी नेपाल
२६ असोज २०८३ १७:१९
12
Shares

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकका सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन भारतको नयाँदिल्ली पुगेका छन्।

गृहमन्त्री गुरुङलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापा, दूतावासका अधिकारी तथा भारत सरकारका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

गुरुङ मंगलबार हुने बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुन नयाँदिल्ली पुगेका हुन्। ‘सुरक्षामा आधारित, समृद्धितर्फको यात्रा’ भन्ने नारासहित आयोजना हुने बैठकमा उनी सहभागी हुने कार्यक्रम छ।

गृहमन्त्री गुरुङ बुधबार नेपाल फर्कने कार्यक्रम रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *