कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको अग्रता, कसले कति मत पाए?

डिसी नेपाल
२७ असोज २०८३ ८:१७
64
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा वासना थापाले अग्रता लिएकी छन्। पछिल्लो मतपरिणामअनुसार थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्।

मतपरिणामअनुसार उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो र निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा छन्। त्यसैगरी, कुसुमदेवी थापाले २ हजार १२९, धनाकुमारी खतिवडाले २ हजार १२५, अनिता देवकोटाले १ हजार ९३० र विनिता खड्काले १ हजार ८९२ मत प्राप्त गरेका छन्।

लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल (चिनु) ले १ हजार ५६४ र रिता थापा मगरले १ हजार ५१० मत पाएका छन्।

उपलब्ध मतपरिणामअनुसार महिला खुला केन्द्रीय सदस्य पदका ३४ जना उम्मेदवारको मत विवरण सार्वजनिक भएको छ। मतगणनामा १२ मत बदर भएको उल्लेख छ।

कसले कति मत प्राप्त गरे हेर्नुहोस् सूची

क्र.सं. उम्मेदवारको नाम प्राप्त मत
१ वासना थापा ३,४८४
२ उर्मिला थपलिया २,६४७
३ निमा गिरी २,६२०
४ कुसुमदेवी थापा २,१२९
५ धनाकुमारी खतिवडा २,१२५
६ अनिता देवकोटा १,९३०
७ विनिता खड्का १,८९२
८ लक्ष्मी पाण्डे १,७७२
९ सृजना अधिकारी १,७६२
१० मुना भुसाल १,६३२
११ चिनी पोखरेल (चिनु) १,५६४
१२ रिता थापा मगर १,५१०
१३ कान्तिका सेजुवाल १,४८१
१४ उमा दाहाल १,४५८
१५ निर्मला तामाङ बस्नेत (नीरु) १,४२४
१६ अकला गुरुङ १,३३८
१७ सम्झना खत्री १,२५६
१८ गंगा शाही १,२२२
१९ निर्मला क्षेत्री १,२२२
२० गीता सत्याल १,१६७
२१ जमुना ढकाल १,१६०
२२ इन्दिरा चौलागाईं १,०४१
२३ गण्डकी थापा अधिकारी १,०३०
२४ भगवती काफ्ले भण्डारी १,०१९
२५ नम्रता बराल ९६७
२६ राधिका कटुवाल ९६६
२७ सुमित्रा कुमारी बम ९४४
२८ रिता सेन ओली ८८९
२९ तुलसी देवकोटा ८६२
३० पवित्रा कुमारी अर्याल ८१७
३१ भवानी देवकोटा ७९९
३२ यस्मिन ढुंगाना ७७५
३३ विष्णु कुमारी सापकोटा ५६९
३४ मोदती केसी ५५०

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *