नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
काठमाडौं। नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको हो।
नेपालका लागि रोहित पौडेलले सर्बाधिक ६१ रन बनाए भने अर्जुन कुमाल र करण केसीले ४०-४० रन बनाएका थिए। त्यस्तै बशीर अहमद र इशान पाण्डेले ३७-३७ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए।
त्यस्तै ओमानका बलर साह फैजल, शकील अहमद र करण सोनावालेले २-२ तथा हसनैन शाहले एक विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment