कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

डिसी नेपाल
२७ असोज २०८३ १७:२१
12
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फ नेताद्वय रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। केन्द्रीय निर्वाचन समितिले मतगणनाको अन्तिम नतिजा औपचारिक रूपमा घोषणा गर्न बाँकी रहे पनि प्राप्त मतपरिणाम अनुसार उनीहरू विजयी भएका हुन्।

सहमहामन्त्रीमा निर्वाचित खतिवडाले दुई हजार ९१९ मत प्राप्त गर्नुभएको छ भने अर्का निर्वाचित सहमहामन्त्री शिवाकोटीले दुई हजार ७२ मत ल्याएका छन्। खुलातर्फको सहमहामन्त्री पदका लागि कूल नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

प्रतियोगितामा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी एक हजार ८५१ मत ल्याएर तेस्रो स्थानमा रहे। त्यसैगरी पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले एक हजार ३८२, राजिव ढुंगानाले एक हजार २४१, विकास कोइरालाले एक हजार १४९, अमृतकुमार अर्यालले एक हजार ३९, रमेश धमलाले ८२१ र विमल क्षेत्रीले २८२ मत प्राप्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *