नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

डिसी नेपाल
२४ असोज २०७६ १२:३९

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली सिङ्गापुर र ओमनमा भएका दुई वटा टी ट्वान्टी क्रिकेट सिरिज खेलेर आज स्वदेश फर्किएका छन्।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्वागत गरेका थिए।

सिङ्गापुरमा भएको तीन देश सहभागी सिरिजमा नेपाल जिम्बावेसँग दुवै खेलमा पराजित भएको थियो।

त्यस्तै नेपालले सिङ्गापुरलाई एक खेलमा पराजित गरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो । सिङ्गापुरबाट सिधै ओमन गएको नेपाली टोलीले त्यहाँ पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेको थियो । जसमा नेपालले नेदरल्यान्डस् र हङकङलाई पराजित गरेको थियो भने आयरल्यान्ड र ओमनसँग पराजित भएको थियो।

उक्त प्रतियोगितामा नेपालसहित ओमन, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *