काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ६७४ सवारी चालक कारबाहीमा: मापसे गर्ने ८० जना परे

डिसी नेपाल
३० असोज २०८३ ७:२९
4
Shares

काठमाडौं। ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीले पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकाका ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा बिहीबार बिहानसम्म उनीहरूलाई कारबाही गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ८० जना, सिसिटिभीमार्फत नियम उल्लंघन गरेको पुष्टि भएका १९ जना र रातोबत्तीको वेवास्ता गरी सवारी हाँक्ने २७ जना चालक रहेका छन्।

यस्तै, तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने ८६ जना, हर्न निषेध गरिएका क्षेत्रमा हर्न बजाउने ११ जना, लेन अनुशासन पालन नगर्ने १४ जना, सवारीसाधनको यान्त्रिक अवस्था ठिक नभएका १५ जना र एकतर्फि (वन-वे) सडकमा सवारी छिराउने ४ जना चालकसमेत कारबाहीमा परेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने ४१८ जना चालकलाई पनि नियन्त्रणमा लिई कारबाही गरिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *