प्रधानमन्त्री बालेन शाहले गरे नेपाल टेलिकमको नयाँ प्याकेजको प्रचार, कति छ शुल्क?
काठमाडाैं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत नेपाल टेलिकमको नयाँ इन्टरनेट सेवाबारे जानकारी दिँदै प्रवर्द्धन गरेका छन्।
नेपाल टेलिकमले घरसम्म फाइबर (एफटीटीएच) सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि नयाँ प्याकेज सञ्चालनमा ल्याएको छ, जसअनुसार वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबीपीएस गतिको इन्टरनेट सेवा उपलब्ध हुनेछ।
कम्पनीले वाइफाइ ६ सुविधासहित १००, १५० र २०० एमबीपीएस गतिको इन्टरनेट तथा टेलिफोन सेवा पनि उपलब्ध गराउने बताएको छ। जसअन्तर्गत १०० एमबीपीएसका लागि वार्षिक ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसका लागि १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसका लागि १६ हजार ४९९ रुपैयाँ शुल्क तोकिएको छ।
नयाँ प्याकेजअन्तर्गत वार्षिक सेवा लिने ग्राहकले दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटासमेत निःशुल्क प्राप्त गर्नेछन्। साथै, नयाँ प्याकेज जडान गर्दा लाग्ने ५०० रुपैयाँ शुल्क नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार २०८३ असोज ३० गतेदेखि लागू भएका यी सबै प्याकेजको समयावधि १२ महिनाको रहनेछ। यसअघि प्रधानमन्त्री शाहले सरकारी स्वामित्वको दुग्ध विकास संस्थानका उत्पादनको पनि सामाजिक सञ्जालमार्फत प्रचार गरेका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment