वरिष्ठ पत्रकार किशोर श्रेष्ठ ब्युरोको छलफलपछि घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने
काठमाडौं। काठमाडौंको भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन्।
मिडियामा प्रकाशित समाचारलाई लिएर उत्पन्न विवादका विषयमा छलफल भएपछि उनी फर्किएका हुन्। नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालका अनुसार साइबर ब्युरोको छलफल सकिएपछि श्रेष्ठ घर फर्किएका हुन्।
अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने ‘जनआस्था’मा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment