लक्ष्मण सिटौलाको शब्द तथा सङ्गीतमा ‘परेलीमा आँसु झर्दा’ गजल सार्वजनिक
काठमाडाैं।साहित्यकार तथा स्रष्टा लक्ष्मण सिटाैलाको शब्द तथा संगीतमा नयाँ आधुनिक गीत-गजल सार्वजनिक भएको छ।
गायिका श्रुति भारद्वाजको सुमधुर स्वरमा सजिएको यस सिर्जनाले स्रोता तथा दर्शकहरूको ध्यान खिचेको छ।
यस गीत-गजलका मर्मस्पर्शी शब्दहरूमा ‘परेलीमा आँसु झर्दा पुछ्न आउनु है, तिमीबिना एक्लो हुन्छु भेट्न आउनु है’ भनिएको छ।
प्रेम, बिछोड र आत्मीय भावनालाई समेटेर तयार पारिएको यस आधुनिक गीत-गजलले संगीतप्रेमी तथा स्रोताहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सिटाैलाको शब्द र संगीत तथा भारद्वाजको गायकीले यस गीतलाई थप आकर्षक बनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment