कोलकाताको दुर्गा पण्डालमा भागदौड, २ बालबालिकासहित १९ जनाको मृत्यु
काठमाडौं। भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबागान दुर्गा पण्डालमा शनिबार साँझ भएको भागदौडमा दुई बालबालिकासहित १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
कोलकाता प्रहरीका अनुसार शनिबार साँझ करिब ७:४० बजे अचानक वर्षा भएपछि पण्डालबाहिर रहेका मानिसहरू ओत लाग्न भित्र पस्न खोज्दा भागदौड मच्चिएको थियो। वर्षाबाट बच्न ठूलो संख्यामा मानिसहरू पण्डालभित्र प्रवेश गर्न खोज्दा अवस्था अनियन्त्रित बनेको बताइएको छ।
प्रहरीले घटनामा १९ जनाको मृत्यु भएको र २५ जना घाइते भएको आधिकारिक रूपमा पुष्टि गरेको छ। घाइतेहरूको उपचार भइरहेको छ।
यद्यपि, भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। कोलकाता मेडिकल कलेजका स्रोतहरूले घटनाको अवस्था थप भयावह रहेको दाबी गरेका छन्। घटनापछि दुर्गा पण्डाल क्षेत्रमा त्रास फैलिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment