चितवनमा यात्रुवाहक बस नालीमा पल्टिँदा १० जना घाइते
चितवन। चितवनको राप्ती नगरपालिका–२ सिमरा चोकमा यात्रुवाहक बस अनियन्त्रित भई नालीमा पल्टिँदा १० जना घाइते भएका छन्।
आइतबार बिहान करिब १०ः४५ बजे भरतपुरबाट हेटौँडा हुँदै राजविराजतर्फ जाँदै गरेको बा ४ ख ७३९० नम्बरको बस सडक छेउको नालीमा पल्टिएको हो।
बसमा सवार करिब २३ जनामध्ये १० जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजन पौडेलको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा खटिएको थियो।
बस चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ पदमपोखरीका करिब ४६ वर्षीय नवराज कार्की प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment