नागढुंगा-नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो (तस्बिरहरू)

डिसी नेपाल
१ कार्तिक २०८३ १६:५५

धादिङ। अष्टमी, दसैं मनाउन काठमाडौंबाट गाउँ फर्कनेहरूकाे क्रम जारी छ। तर, काठमाडौंबाट बाहिरिने पृथ्वी राजमार्गमा सवारीको चाप त्यत्ति छैन।

ठूला सवारी साधनहरू सुरूङमार्गको प्रयोग गरिरहेका छन् त्यसले गर्दा नागढुंगा–नौबिसे सडकखण्डमा सवारीसाधनको आउजाउ पातलो छ।

राजमार्गमा पर्ने मुख्य बजारका स्टाफ होटलबाहेक सामान्य खालका होटलहरु बन्द छन्। मलेखु आसपासका होटलमा यात्रुको संख्या बढी छ।

मालबाहक ट्रकहरु फटफुट मात्रै छन्। यात्रु बोक्ने हायस, निजी कार र हरियो नम्बर प्लेटका सवारी धेरै देखिन्छन्। मोटरसाइकल र स्कुटरहरु ग्रुप ग्रुपमा चलिरहेका छन्।

नौबिसेदेखि मुग्लिनसम्म विस्तारको क्रममा रहेको सडकको अवस्था ठाउँ ठाउँमा जोखिमपूर्ण छ। दुई पाङ्ग्रे सवारीलाई अलि बढी सास्ती छ। धुलो मार्न ट्याङ्करले छ्यापेको पानीको चिप्लोमा पनि दुर्घटना हुने गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *