कांग्रेसले यसपटक कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम स्थगित गर्यो
काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको पारम्परिक चियापान कार्यक्रम नगर्ने भएको छ। मुलुकमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको र अहिले गहिरो शोकको अवस्था रहेकाले यसपालि चियापान कार्यक्रम स्थगन गरिएको पार्टीले जनाएको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशी र बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता हुनुका साथै थप जनधनको क्षति पुर्याएका कारण यसपटक चियापान कार्यक्रम नगरिने निर्णय भएको हो। यस दुःखद् घडीमा पार्टीले बाढीपहिरोबाट प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
कांग्रेसले २०१३ सालदेखि नै कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। पार्टीका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले २०३४ सालदेखि यो चियापान कार्यक्रमको थालनी गरेका थिए।
यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले चाडपर्वहरू मनाउँदा भड्किलो शैली अपनाउनुको सट्टा शान्त र संयमित रूपमा परिवारमै सीमित रहेर मनाउन सबैमा आग्रह गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment