बलिवुड अभिनेता टाइगर श्राफमाथि गोली चलाउने तीन जना पक्राउ

डिसी नेपाल
२ कार्तिक २०८३ २०:२२
72
Shares

काठमाडौं। अभिनेता टाइगर श्राफमाथि गोली चलाएको आरोपमा तीन जनालाई राजस्थानको कोटा रेल्वे स्टेसनबाट पक्राउ गरिएको छ। मुम्बई प्रहरीले उनीहरू हत्या गर्ने योजनासहित आएको दाबी गरेको छ।

पक्राउ पर्नेमा हरियाणाका दुई र बिहारका एक जना छन्। उनीहरू जयपुर हुँदै नेपाल भाग्ने तयारीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लरेन्स बिश्नोई समूहसँग जोडिएका अनिल पण्डितले आक्रमणको जिम्मेवारी लिएको दाबी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी लिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

गोली लागेर टाइगर घाइते नभए पनि बारुद र सिसाका टुक्राले उनको बायाँ हातमा चोट लागेको छ। गोलीबारीमा उनका चालक पनि घाइते भएका छन्। प्रहरीले घटनाको योजना र यसमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *