महानवमीमा गोदावरी नौधारामा पूजाआजा गर्ने श्रद्धालुको घुइँचो
ललितपुर । बडादसैँको महानवमीका अवसरमा ललितपुरको गोदावरीस्थित नौधारामा पूजाआजा गर्ने श्रद्धालुको घुइँचो लागेको छ। महानवमीका दिन नौधारामा स्नान गरी पूजाआजा गर्नाले पुण्य प्राप्त हुने धार्मिक विश्वासका साथ बिहानैदेखि भक्तजनहरू त्यहाँ पुगेका छन्।
महानवमी हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक महत्त्व बोकेको दिन हो। यस दिन दुर्गा भवानीको पूजा आराधना गरी शक्ति, समृद्धि र सुखशान्तिको कामना गर्ने परम्परा छ। दसैँको नवौँ दिन मनाइने महानवमीमा विभिन्न शक्तिपीठ तथा देवी मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ।
गोदावरी नौधारामा पनि दसैँको अवसरमा पूजाआजा गर्ने, दीप प्रज्वलन गर्ने तथा धार्मिक विधिअनुसार पूजा सम्पन्न गर्ने श्रद्धालुको उपस्थिति बढेको छ। महानवमीका अवसरमा धार्मिक स्थलहरूमा देखिएको चहलपहलले दसैँको रौनक थप बढाएको छ।

















No ads found for this position



डिसी नेपाल
Facebook Comment