काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा
काठमाडौँ। काठमाडौँ उपत्यकामा शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ९९ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसी क्यामराको माध्यमबाट ४० जना र रातो बत्ती उल्लङ्घन गर्ने ३७ जना चालकलाई कारबाही गरिएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार तीव्र गतिमा सवारी चलाउने ११५ जना, हर्न बजाएर सवारी चलाउने नौ जना, लेन अनुशासन पालना नगर्ने दुई जना र एकतर्फी सडकमा नियमविपरीत सवारी चलाउने सात जना चालक पनि कारबाहीमा परेका छन्।
यसैगरी, अन्य कसुरमा १६१ वटा सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।
दसैँको समयमा सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी बढाउँदै कारबाहीलाई कडा बनाएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment