कम्पनी ऐन बमोजिमको कर तथा जरिबाना मिनाहा सुविधा: विवरण र शुल्क बुझाउने म्याद पुस मसान्तसम्म थप

डिसी नेपाल
१२ कार्तिक २०८३ १८:४७
60
Shares

काठमाडौं । कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भई म्यादभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर तथा शुल्क नबुझाएका कम्पनीहरूका लागि दिइएको छुट सुविधाको म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ।

गएको कात्तिक ९ गते भएको निर्णयअनुसार यसअघि २०८३ असोज मसान्तसम्म रहेको म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो।

यो व्यवस्थाअनुसार आफ्नो कारोबार निरन्तर सञ्चालन गर्न चाहने वा कम्पनी दर्ता खारेज गर्न चाहने कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ को लागि कानून अनुसार लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा सोभन्दा अघिल्लो अवधिमा लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना पूर्ण रूपमा मिनाहा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *