बंगलादेशमा नेपाली पर्यटनको प्रवर्द्धन : १५ नेपाली पर्यटन कम्पनी सहभागी

डिसी नेपाल
१२ कार्तिक २०८३ १९:३३
12
Shares

काठमाडौं। बंगलादेशको राजधानी ढाकामा सुरु भएको बंगलादेश ट्राभल एन्ड टुरिजम फेयर २०२६ मा नेपाल पर्यटन बोर्डको नेतृत्वमा १५ नेपाली पर्यटन कम्पनीले नेपालको पर्यटन प्रवर्द्धन गरिरहेका छन्।

तीन दिनसम्म चल्ने मेलामा नेपालको प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक सम्पदा, पदयात्रा, पर्वतारोहण र साहसिक पर्यटनलाई प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ।

‘एआईमा आधारित पर्यटन, दिगो गन्तव्य’ मूल नारासहित आयोजित मेलामा नेपाली पर्यटन व्यवसायीले बंगलादेशी पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने तथा दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तार गर्ने लक्ष्य राखेका छन्।

यसअघि नेपाल पर्यटन बोर्ड र ढाकास्थित नेपाली राजदूतावासको सहकार्यमा अक्टोबर २८ मा ‘नेपालले बोलाइरहेको छ : भ्रमण गर्नुहोस्, अन्वेषण गर्नुहोस् र अनुभव लिनुहोस्’ नारासहित पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा नेपालको पर्यटनसम्बन्धी प्रस्तुति, सांस्कृतिक प्रदर्शनी तथा पर्यटन व्यवसायीबीच व्यावसायिक छलफल भएको थियो।

नेपाल पर्यटन बोर्डले भौगोलिक निकटता र सांस्कृतिक समानतालाई उपयोग गर्दै बंगलादेशलाई नेपालको महत्वपूर्ण पर्यटक स्रोत बजारका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। नेपाललाई हिमाल र पदयात्रामा मात्र सीमित नराखी संस्कृति, वन्यजन्तु, आध्यात्मिकता, स्वास्थ्य तथा आरोग्य पर्यटनको गन्तव्यका रूपमा चिनाउने अभियानलाई बोर्डले प्राथमिकता दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *