सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ

डिसी नेपाल
१३ कार्तिक २०८३ १०:०१
44
Shares

काठमाडौं।  कृषि फार्मका लागि सहुलियतपूर्ण अनुदान मिलाइदिने बहानामा ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१३ ताहाचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका उच्च अधिकारीहरूसँग राम्रो चिनजान रहेको र कृषि फार्मका लागि भारी मात्रामा सहुलियत अनुदान सजिलै दिलाउन सक्ने भन्दै पीडितलाई प्रलोभनमा पारेका थिए। पीडितलाई विश्वासमा पारेर उनीहरूले विभिन्न बहानामा उक्त रकम ठगी गरेको खुल्न आएको छ।

काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि अनुमति लिई दुवै जनाविरुद्ध हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *