पत्रकार पक्राउप्रति प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण, तत्काल रिहा गर्न निर्देशन
काठमाडौं । समाचारको बहानामा प्रहरीद्वारा नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेन्द्र शाहले सम्बन्धित निकायलाई कडा निर्देशन दिएका छन्।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय वा कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत नभएको स्पष्ट पारेकी छन्।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल छाड्न र सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर धरपकड नगर्न/नगराउन स्पष्ट निर्देशन दिएको दाहालले उल्लेख गरेकी छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment