नवनियुक्त इयु राजदूत ह्वाइटली र परराष्ट्रमन्त्री खनालबिच शिष्टाचार भेटवार्ता

डिसी नेपाल
१७ कार्तिक २०८३ १४:५६
4
Shares

काठमाडौं। नेपालका लागि युरोपेली संघ (इयु) को प्रतिनिधिमण्डलका नवनियुक्त राजदूत महामहिम चार्ल्स ह्वाइटलीले आज मन्त्रालयमा  परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नवनियुक्त राजदूत ह्वाइटलीलाई नियुक्ति भएकोमा बधाई ज्ञापन गर्दै उनको नेपाल बसाइ सुखद र कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गरे।

सो अवसरमा उनीहरूबिच द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै आगामी दिनमा नेपाल र इयुबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने र सहयोगलाई थप प्रगाढ बनाउँदै लैजाने उपायहरूका बारेमा छलफल भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *