नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार

डिसी नेपाल
१७ कार्तिक २०८३ १५:४७
4
Shares

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज मंगलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ।

आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो। आज फाइनान्स, लगानी, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी शिखर पावरको शेयर ५.९४ प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको शेयर ५.८० प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी बेनी हाइड्रोको शेयर ५.०४ प्रतिशतले घटेको छ।

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २३ करोड १४ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावरको १९ करोड ४४ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *