सरकार र डा केसीबीच छ बुँदे सहमति, २५औं अनशन अन्त्य
फाइल फाेटाे।
काठमाडौं। सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ। सहमतिसँगै गएराति डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गएराति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा केसीसँग सहमति गरी अनशन तोडाएका हुन्।
डा केसीको अनशन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा केसीको अन्तिम अनशन रहेको दाबी गरे। “यो डा केसीको अन्तिम अनशन हो, उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छन्,” पोखरेलले भने।
डा केसी र सरकारबीच भएको सहमतिपत्रमा डा केसी, मन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा डा जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा बद्री रिजालले हस्ताक्षर गरेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment