काठमाडौं उपत्यकामा २४ घण्टामा ४०७ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

डिसी नेपाल
२१ कार्तिक २०८३ ७:३७

काठमाडौं। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ४०७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।

शनिबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङ तथा जाँचका क्रममा नियम उल्लंघन गर्ने चालकहरू कारबाहीमा परेका हुन्।

कारबाहीमा परेकामध्ये सबैभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७४ जना र तीव्र गतिमा चलाउने ७५ जना चालक रहेका छन्।

यसैगरी, सीसीटीभीमार्फत निगरानी गरी १६ जना, रातो बत्तीको नियम उल्लंघन गर्ने ४ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ३ जना, लेन क्रस गर्ने ३ जना र सवारीसाधनको अवस्था ठिक नराखी चलाउने ५ जना चालकलाई कारबाही गरिएको छ।

अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने २२८ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *