महिला टी ट्वान्टी क्रिकेट लीगको उपाधि विजेताले ७ लाख पाउने
काठमाडौँ । वुमेन च्याम्पियन्स लिग (डब्ल्यूसीएल) को विजेता टिमले सात लाख पुरस्कार पाउने भएको छ । डब्ल्यूसीएलका प्रबन्ध निर्देशक छुम्मी लामाले सोमबार एक विज्ञप्ती निकाल्दै विजेता टोलीले ट्रफी सहित सात लाख रुपैयाँ नगद पुरस्कार पाउने जनाएका हुन् ।
यस्तै उपविजेता हुने टोलीले ट्रफी र तीन लाख नगद प्राप्त गर्ने छ। लीगको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद र स्कुटी पाउनेछिन् भने प्रत्येक खेलको वुमेन अफ द म्याचले ५ हजार नगद र ट्रफी पाउने छन्।
प्रतियोगिताको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ। क्विन्स इभेन्ट प्रालीले प्रतियोगिता आयोजना गर्न लागेको हो। यही आयोजकले पोखरा प्रिमियर लीगसमेत सफलतापूर्वक आयोजना गरिसकेको छ।
मंगलबार टिमका मार्की खेलाडी र ट्रफी सार्वजनिक गरिने आयोजकले जनाएको छ। खेल पर्सीदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment