महिला भलिबल टोली थाइल्यान्ड जाने

डिसी नेपाल
२८ असोज २०७६ २०:११

काठमाडौं। वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली थाइल्यान्ड जाने भएको छ । १८ सदस्यीय खेलाडीलाई मंगलबार बिदाई गरिएको छ ।

नेपाल भलिबल संघले प्रशिक्षणका लागि थाइल्यान्ड जाने राष्ट्रिय टोलीको बिदाई गरेको हो । नेपाली टोलीमा १८ खेलाडी, तीन प्रशिक्षक र एक व्यवस्थापक गरी २२ जना छन् । उनीहरू बुधबार थाइल्यान्ड प्रस्थान गर्ने छन् ।

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, उपाध्यक्ष रन्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले बिदाई गरे ।

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली थाइल्यान्ड जान लागेको हो । पहिलो संस्करणको एभीसी सेन्ट्रल जोन महिला भलिबल कात्तिक २२ देखि २७ गतेसम्म सञ्चालन हुँदैछ । सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २४ गतेसम्म घरेलु भूमिमा हुने १३ औं सागमा प्रतिस्पर्धा गर्नेछ ।

सेटर अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेष्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, शान्ति थारु, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द सोफिया पुन, हीरा केसी, कमला पुन, सलिना श्रेष्ठ र शान्ति तामाङ छन् । प्रशिक्षकमा सलिना श्रेष्ठ, जगदिशप्रसाद भट्ट र भरत यादव तथा व्यवस्थापकमा रिता कोइराला छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *