कप्तानको पदबाट राजिनामा दिएका पारसलाई अमेरिकी राजदुत बेरीको यस्तो सन्देश

डिसी नेपाल
२९ असोज २०७६ १३:४८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले कप्तानीबाट राजीनामा दिएका छन् । मंगलबार उनले कप्तानबाट राजीनामा दिएका हुन्। उनले सामाजिक सञ्जालमा कप्तानीबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

२००९ मा नेपाली टिमको कप्तान बनेका पारसले १० वर्ष नेपाली क्रिकेटको नेतृत्व गर्दा नेपाललाई डिभिजन फाइभबाट ओडिआई स्टाटससम्म पुर्याए भने २०१४ मा टि ट्वान्टी विश्व कपमा पनि सहभागिता गराए।

पारस खड्का नेपालका लागि ओडिआई र टि ट्वान्टीमा शतक प्रहार गर्ने एकमात्र खेलाडी हुन्। पारसले राजीनामा दिँदै अब नयाँ क्यानसँग नयाँ टिम स्प्रिरिटमा काम गर्नुपर्ने बताएका छन्।

यसैबिच नेपालस्थित अमेरिकी राजदुत र्‍याण्डी बेरीले पारस खड्कालाई बधाई तथा शुभकामना दिएका छन्। बेरीले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत पारसलाई बधाई दिएका हुन्। उनले लेखेका छन्, ‘नेपालको सफल कप्तानको रुपमा वहाँको गजब पारीको लागि वहाँलाई हार्दिक बधाई र भविष्यको लागि शुभकामना। मलाई क्रिकेट सिकाएकोमा पनि पारसलाई धन्यवाद भन्न चाहन्छु’।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *